जापानमा रोजगारीको उपलब्धतामा कमी

शेयेर गर्नुहोस

एजेन्सी । जापानमा रोजगारीको उपलब्धतामा कमी आएको छ । आर्थिक वर्ष २०२३ मा त्यहाँ रोजगारीको उपलब्धता दर १ दशमलव २९ प्रतिशत रहेको श्रम मन्त्रालयको तथ्याङ्कले देखाएको छ । यो अघिल्लो वर्षको तुलनामा शून्य दशमलव शून्य २ प्रतिशत कम भएको सरकारले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कले देखाएको हो ।

महँगी उच्चस्तरमा रहिरहँदा कम्पनीहरूले कर्मचारी भर्ती घटाउँदा रोजगारीको उपलब्धता पनि घटेको हो । मार्चमा भने रोजगारीको उपलब्धता अनुपात फेब्रुअरीको तुलनामा शून्य दशमलव शून्य २ प्रतिशतले बढेर १ दशमलव २८ प्रतिशतमा पुगेको छ । यसको अर्थ सो अवधिमा जागिर खोज्ने हरेक सय जनाका लागि १२८ ओटा जागिर उपलब्ध थिए ।

अहिले खाइरहेकै पदमा तलब बढ्छ भन्ने अनुमानमा थोरैले मात्रै नयाँ जागिर खोजेकोले मासिक उपलब्धता अनुपात बढेको बताइएको छ । यो वर्षको शुन्टो तलब वार्तामा अधिकांश ठुला जापानी कम्पनीहरूले कर्मचारीको तलबमा ३३ वर्षयताकै उच्च वृद्धि गरेका थिए ।

सरकारले सार्वजनिक गरेको छुट्टै तथ्याङ्क अनुसार गएको आवमा बेरोजगारी अघिल्लो आवकै २ दशमलव ६ प्रतिशतमा यथावत् रहेको देखाएको छ । मार्चमा सकिएको एक वर्षमा जापानमा करिब १७ लाख ८० हजार बेरोजगार थिए । मार्चमा पनि बेरोजगारी दर अघिल्लो महिनाकै स्तरमा यथावत् रहेको बताइएको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *