शेयेर गर्नुहोस
कञ्चनपुर । कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।
जिल्लाको भीमदत्त नगरपालिका–३ बस्ने २७ वर्षीया निलम अबस्थी र भीमदत्त नगरपालिका–९ बस्ने २८ वर्षीय हिरा नाथ १४० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय दोधरा चाँदनीबाट खटिएको प्रहरी टोलीले दोधारा चाँदनी नगरपालिका–१ पशुपति टोल स्थित नेपाल भारतको सिमानामा भारतबाट नेपालतर्फ आउदै गरेको अवस्थामा दुबै जनालाई पक्राउ गरेको जनाएको छ ।















