सुदूरपश्चिममा बाढी पहिरोबाट पाँच जनाको मृत्यु, दुई जना बेपत्ता

शेयेर गर्नुहोस

धनगढी । सुदूरपश्चिम प्रदेशमा तीन दिनदेखिको वर्षासँगै बाढी, डुबान र पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।

नजिकैको खोलामा डुबेर बेपत्ता भएकी कञ्चनपुरको पुनर्वास नगरपालिका-५ का १५ वर्षीया लक्ष्मी बोगटी, १७ वर्षीया आरती बोगटी र १७ वर्षीया सिर्जना बोगटीको शव आज फेला पारिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।  

यस्तै, कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ मोतीबस्तीकी सङ्गीता धानुकका ७ महिने छोरा सोलुको कोठामा पसेको बाढीमा डुबेर मृत्यु भएको छ । कैलालीको कैलारी गाउँपालिका-९ गदरिया गाउँको भुर्रा नदीमा डुबेर बेपत्ता भएका सोही ठाउँका १८ वर्षीय अजय रानाको प्रहरीले खोजी गरिरहेको ।

कञ्चनपुरको बेलडाँडी गाउँपालिका-३ का २३ वर्षीय डम्मर चौधरी नजिकै रहेको चौदर नदीमा डुबेर बेपत्ता भएका छन् । डडेलधुरा पर्शुराम नगरपालिका-३ का ५६ वर्षीय नवराज पनेरुको शनिबार पहिरोसँगै खसेको ढुङ्गा लागेर मृत्यु भएको थियो । 

ताजा खबर

amazed