कञ्चनपुरमा बेपत्ता दुई बालिकाको शव फेला, एक बालिका अझै बेपत्ता

शेयेर गर्नुहोस

कञ्चनपुर । कञ्चनपुरमा परेको लगातारको वर्षापछि आएको बाढीका कारण दुई बालिकाको मृत्यु भएको छ ।

जिल्लाको पुनर्वासमा बाढीमा डुबेर बेपत्ता भएका ३ जनामध्ये २ जनाको शव फेला परेको छ । एक बालिका भने अझै बेपत्ता छिन् । सोमबार दिउँसो साढे १२ बजेको समयमा बाढीमा नुहाउने क्रममा पुनर्वास नगरपालिका–५ नयाँ कटानकी १५ वर्षीया सृजना बोगटी, १६ वर्षीया आरती बोगटी र १६ वर्षीया लक्ष्मी बोगटी बेपत्ता भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक हेमराज भट्टले बताए ।

लक्ष्मी र सृजना बोगटीको शव भने फेला परेको उनले बताएका हुन् । बेपत्ता आरतीको नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली र स्थानीयले खोजीकार्य गर्दै आएका छन् ।

ताजा खबर

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

amazed