लम्की टीकापुर सडकमा गाडीको ठक्करबाट एक बालकको मृत्यु

शेयेर गर्नुहोस

टिकापुर । कैलालीको लम्कीमा गाडीको ठक्करबाट एक बालकको मृत्यु भएको छ । लम्की-टीकापुर सडकखण्ड अन्तर्गत लम्की चुहा नगरपालिका-१ लम्की चोक नजिकै गाडीले ठक्कर दिँदा बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा लम्की चुहा नगरपालिका-७ स्थायी घर भइ लम्कीमा डेरा गरि बस्ने उर्मिला विष्टका ४ वर्षीय छोरा जेनिस विष्ट रहेका छन् । उनी उज्यालो शिक्षा सदनमा पिजि ग्रुपमा अध्ययनरत थिए ।

सोमबार साँझ ६ बजे टीकापुरबाट धनगढीतर्फ गइरहेको सु प प्र ०१ ००१ च ३७४७ नम्बरको पेय पदार्थ बोक्ने गाडीले उनलाई ठक्कर दिएको हो । ठक्करबाट घाइते भएका बालकलाई सोही गाडीमा राखेर लालरत्न अस्पताल पुर्‍याइएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक लोकेन्द्र बहादुर सिंहले मलवारा न्युजलाई जानकारी दिए ।

गाडी र गाडी चालक भोजराज केसीलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक सिंहले बताए ।

ताजा खबर

एकै दिन लागू औषध सहित ८ जना पक्राउ

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

amazed