श्रीमान पवन भट्ट विरूद्ध आत्महत्या दुरूत्साहन मुद्दा दर्ता

शेयेर गर्नुहोस

महेन्द्रनगर । घरभित्रै मृत फेला परेकी कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ सिहपाल टोलकी सम्झना भट्ट मृत्यु अघि नै यातना दिएको भन्दै प्रहरीमा पुगेको पाइएको छ । सम्झाना र उनका श्रीमान आत्महत्या गर्नुभन्दा अघिल्लो दिन इलाका प्रहरी कार्यालय बेलडाँडीमा पुगेका थिए । त्यहाँका प्रहरी अधिकारीले दुबै जनालाई सम्झाएर घर फर्काएका थिए ।

तर, भोलिपल्ट आइतबार भने सम्झना मृत अवस्थामा भेटिएकी थिइन् । पारिवारिक स्रोतका अनुसार सम्झनाले पवनसँग फागुन महिनामा प्रेम विवाह गरेकी थिइन ।

यसैबिच सम्झना भट्टको मृत्यु प्रकरणमा सम्झनाका परिवारले आत्महत्या दुरूत्साहनसम्बन्धी मुद्दा दर्ता गराएका छन् । सम्झनाका बुवा भोजराज भट्टले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पुगेर आत्महत्या दुरूत्साहन सम्बन्धी मुद्दा दर्ता गराएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रागर बोहराले बताए ।

सम्झनाका श्रीमान २४ वर्षीय पवन भट्टविरूद्ध भोजराजले आत्महत्या दुरूत्साहन सम्बन्धी मुद्दा दायर गरेका हुन । सम्झनाका परिवारले सम्झनाको शरीरमा निलडाम तथा खतहरू देखिएको जाहेरीमा उल्लेख गरेका छन् । प्रहरीले मृत फेला परेकी सम्झनाका श्रीमान पवन भट्टलाई नियन्त्रणमा लिएको छ ।

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *