शेयेर गर्नुहोस
बैतडी । बैतडीमा आठ सय बढीले मतदाता नमावलीमा नाम दर्ता गराएका छन । निर्वाचन आयोगले दिएको मंसिर ५ सम्मको अन्तिम समय सम्ममा जिल्लामा ८ सय बढीले मतदाता नमावलीमा नाम दर्ता गराएका हुन ।
आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लामा ८०४ जना नयाँ मतदाताले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय बैतडीका निमित्त प्रमुख पुरुषोत्तम जोशीले बताए । उनले फागुन २१ गते हुने निर्वाचनका लागि तोकिएको मतदाता नामावलीमा नाम दर्ता गराउने अन्तिम समय सम्म उक्त व्यक्तिहरुले नाम दर्ता गराएको बताए । उनका अनुसार मतदाता नामावलीमा नाम दर्ता गराउनेहरुमा ५२९ पूरुष र २७५ महिला रहेका छन् ।
नयाँ थपिएका मतदाताहरुमा ८० प्रतिशत जेन–जी उमेर समुहका रहेका जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । गएको प्रतिनिधि सभा निर्वाचन २०७९ मा जिल्लामा एक लाख ५० हजार १५६ मतदाता रहेका थिए । एक मात्रै सङ्घीय निर्वाचन क्षेत्र रहेको बैतडीमा दुई वटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र, १० वटा स्थानीय तह र ८४ वटा वडा रहेका छन् । सो निर्वाचनमा ७८ हजार ३६९ .५२ प्रतिशत० मत खसेको थियो । अघिल्लो प्रतिनिधि सभा निर्वाचनभन्दा आउने प्रतिनिधि सभा निर्वाचनमा मतदाता सङ्ख्या बढ्ने देखिएको छ ।















