बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

शेयेर गर्नुहोस


टीकापुर । कर्णाली नदीमा बेपत्ता भएका बाजुराको त्रिवेणी नगरपालिका–३ पुभुतीका रामबहादुर भण्डारी आइतबार मृत अवस्थामा फेला परेका छन् ।

रामबहादुर सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–१ स्थित कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए । त्यसयता नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा निरन्तर खोजी कार्य सञ्चालन गरिएको थियो । कैलालीको टीकापुर नगरपालिका–८ बनगाउँ नजिक कर्णाली नदीमा एक पुरुषको शव फेला परेपछि सनाखत गर्ने क्रममा उक्त शव रामबहादुर भण्डारीकै रहेको पुष्टि भएको हो ।

जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बलको टोलीले शव नदीबाट निकालेर नेपाल प्रहरीको जिम्मा लगाएको थियो । शव पोस्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *