कैलालीमा एमालेका १३ नेताको सदस्यता गायब

शेयेर गर्नुहोस

धनगढी । नेकपा (एमाले) कैलालीको आन्तरिक विवाद सतहमा आएको छ। ११औं महाधिवेशनका लागि प्रतिनिधि छनोटको तयारी भइरहँदा आन्तरिक कलह बाहिरिएको हो। एमाले जिल्ला कमिटी कैलालीको सदस्यता नवीकरणको विवरणमा १३ नेताको सदस्यता नै गायब भएपछि विवाद झनै चर्किएको छ।

नेताहरु कुमार बडैला, दीपक रावल, प्रकाश खड्का, नवराज कुँवर, सावित्रादेवी सापकोटा, बसन्ती गिरी, गजेन्द्र स्वार, पवित्रादेवी गौतम, उदयराम जैशी, सुरतबहादुर बिष्ट, छत्रबहादुर खत्री, प्रेम कँडेल र जयनारायण जोशीको सदस्यता विवरणमा छैन।

सदस्यता विवरणमा छुटेका रावलले तल्ला कमिटीबाट सदस्यता नवीकरण गरेको रसिद प्रमाण हुँदाहुँदै पनि जिल्लाबाट प्रदेशमा नामावली पठाउँदा छुटाइएको बताए। उनले आइतबार बसेको जिल्ला कमिटी बैठकले यो गल्ती सच्याउन केन्द्रीय कमिटीलाई पत्राचार गर्ने निर्णय भएको समेत बताए।

जिल्ला सचिव ममताप्रसाद चौधरीले पनि नवीकरण भएका सदस्यको नाम नै सदस्यता विवरणमा छुटाइएको भन्दै केन्द्रीय संगठन विभागलाई पत्र लेखेका छन् ।

सदस्यता कायम नभएका कतिपय नेताहरु विद्या भण्डारीलाई पार्टीमा सक्रिय गराउनुपर्ने भन्दै लविङमा थिए। केही नेताहरु अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने लाइनमा रहेको बुझिएको छ। पार्टीमा संस्थापन पक्षको भन्दा फरक विचार राखेकै कारण सदस्यता गायब पारिएको चर्चा चलेको छ।

यता एमाले कैलालीका अध्यक्ष यज्ञराज ढुंगानाले केहीको सदस्यता नवीकरण नगरेका कारण समस्या आएको बताएका छन्। उनले केन्द्रमा रेकर्ड पठाउनु अगाडि पालिका कमिटीमा सदस्यता भेरिफाइ गर्न भनेको तर पालिका कमिटीहरूले सदस्यता भेरिफाइ नगर्दा १३ जनाको सदस्यता कायम नभएको बताए। उनले पालिका कमिटीले कमजोरी गर्दा समस्या आएको बताएका छन् ।

सदस्यताको विषयमा विवाद बढेपछि आइतबार बैठक बसेर छानबिनका लागि एउटा समिति बनाइएको अध्यक्ष ढुङ्गानाले बताए । उक्त समितिले प्रतिवेदन पेस गरेपछि थप प्रक्रिया अघि बढ्ने उनले बताए । (दिनेशखबर बाट)

ताजा खबर

हरेक बिहान भिजाएको बदाम खानुका ५ फाइदा

कैलालीमा एमालेका १३ नेताको सदस्यता गायब

बैतडीमा ८०४ नयाँ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराए

कैलालीको जानकीमा लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

amazed