शेयेर गर्नुहोस
टीकापुर । कैलालीको घोडाघोडीबाट चरेससहित चार जना पक्राउ परेका छन् । घोडाघोडी नगरपाालिका वडा नं. ५ बाट १.३ सय ग्राम चरेससहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा घोडाघोडी नगरपालिका–१० का ४८ वर्षीय नरबहादुर घिमिरे, ३१ वर्षीय थानेश्वर घिमिरे, कञ्चनपुरको भीमदत्त नगरपालिका–१ बस्ने २९ वर्षीय सागर पौडेल र कृष्णपुर नगरपालिकाका ३६ वर्षीय चन्द्र नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।















