स्कुटरको ठक्करबाट घाइते चौधरीको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । धनगढीमा स्कुटरको ठक्करबाट घाइते भएका जिउधन चौधरीले मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–१ बाल्मिकी स्कुल नजिक सुदूरपश्चिम प्रदेश ०१०११ प ९१०५ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका–५ जाईका ४० वर्षीय चौधरीको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताजा खबर

amazed