धनगढीमा एक जनाको मृत्यु, घटना रहस्यमय भएको भन्दै तीन जना पक्राउ

शेयेर गर्नुहोस

धनगढी । कैलालीको धनगढीमा एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका—८ धनगढी गाउँमा आज बिहान ५ बजेको समयमा ३० वर्षीय महेश रानाको मृत्यु भएको ८ नम्बर वडाका वडा सदस्य सुरेन्द्र रानाले जानकारी दिए ।

मृतक रानाको घटनामा संलग्न रहेको भन्दै प्रहरीमा जाहेरी दिएकोमा तीन जनालाई प्रहरीले पक्राउ गरेको रानाले बताए । पक्राउ पर्नेमा पाण्डे चौधरी, जुगराम चौधरी र विदेशी चौधरी रहेको मृतकको दिदिले बताएकी छिन् । घटना रहस्यमय भएकाले प्रहरीले थप अनुसन्धान गर्ने वडा सदस्य रानाले बताए ।

ताजा खबर

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

amazed