कैलालीको टीकापुरक्षेत्रमा डोरीले सडक छेकिँदा दुर्घटनाको जोखिम

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको टीकापुर बजार आसपासका विभिन्न ठाउँमा डोरीले सडक छेकिँदा दुर्घटनाको जोखिम बढेको छ । डोरीले सडक छेक्दै रकम माग्ने परम्पराले सवारी दुर्घटनाको जोखिम बढेको हो ।

होली पर्वकै समयमा केही व्यक्तिहरु मिलेर सडकको दुबै छेउमा डोरी तानेर सवारी रोक्ने र पैसा दिएपछी छाड्ने गरिदैं आएको छ । यस विषयमा टीकापुरकै एक व्यक्तिले खडक चोकमा चेकजाँचमा रहेका जनपदका एक प्रहरीलाई जानकारी गराउँदा उनले रुखो जवाफ दिएका छन् ।

जानकारी गराउने व्यक्तिका अनुसार प्रहरीले आफुलाई यस विषयमा थाहा नहुने र डिएसपीलाई सोध्नुपर्ने भन्दै असभ्य तरिकाले जवाफ दिएका हुन् ।

ईलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी विश्वराज अधिकारीले जिल्ला प्रशासन कार्यालयले यस विषयमा सुचना नै निकालेको बताए । उनले केटाकेटीहरुले नबुझेर वा रमाइलोको लागि त्यसो गरेको हुनसक्ने भन्दै प्रहरीले त्यसलाई निरुत्साहित गर्ने जानकारी दिए ।

खडक चोकमा रहेका प्रहरीलाई जानकारी गराउने व्यक्तिसँग ती प्रहरीले गरेको असभ्य व्यवहारसम्बन्धि बुझ्ने र सम्झाइबुझाई गर्ने डिएसपी अधिकारीले बताए । टीकापुर बजारमा आज इलाका प्रहरी कार्यालयका प्रहरी तथा ट्राफिक प्रहरीले संयुक्तरुपमा बिभिन्न सवारीसाधन चेकजाँच गर्दै आएका छन ।

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *