अछामको मेल्लेखमा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

शेयेर गर्नुहोस

धनगढी । अछामकोमा ट्याक्टर दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको छ। जिल्लाको मेल्लेख गाउँपालिका-७ सुयेडीमा सोमबार बिहान ट्याक्टर दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको अछामका प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले बताए । उनका अनुसार दुर्घटनामा तीन जना घाइते भएका छन् ।

घाइतेको उपचारका लागि अछामकै बयलपाटा अस्पताल पठाइएको उनले जानकारी दिए । मेल्लेखको षोडशाबाट साँफेबगर जाने क्रममा ट्याक्टर सुयेडी नजिकै दुर्घटना भएको पाठकले बताए ।

ट्याक्टर सडकबाट ५० मिटर तल खसेको थियो । दुर्घटनाको कारण पहिल्याउन अनुसन्धान भइरहेको डीएसपी पाठकले बताए ।

ताजा खबर

amazed