बझाङमा दिउँसो १ बजेबाट मतगणना सुरु

शेयेर गर्नुहोस

काठमाडौँ । उपनिर्वाचन अन्तर्गत बझाङ प्रदेशसभा १ मा दिउँसो १ बजेबाट मतगणना सुरु हुने भएको छ ।

बझाङको सदरमुकाम चैनपुरमा बसेको सर्वदलीय बैठकले १ बजेबाट मत गणना सुरु गर्ने निर्णय गरेको माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले जानकारी दिए ।

‘मतगणनाको सम्पूर्ण तयारी पुरा भएको छ । दिउँसो १ बजेबाट मत गणना गर्ने सर्वदलीय बैठकले निर्णय गरेको छ’, उनले भने । शनिबार भएको उपनिर्वाचनमा बझाङमा ५० प्रतिशत मत खसेको थियो ।

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *