बैतडीमा कार दुर्घटना हुँदा २ जना घाइते

शेयेर गर्नुहोस

धनगढी । बैतडीमा अल्टो कार दुर्घटना हुँदा २ जना घाइते भएका छन् । धनगढीबाट दार्चुला जाँदै गरेको सुपप्र ०१ ००१ च ३८२१ नम्बरको अल्टो कार दोगडाकेदार गाउँपालिका–३ श्रीकोटमा आइतबार बिहान करिब २ः१५ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा चालक दशरथचन्द नगरपालिका–१ गुरुखोलाका नरेन्द्र भट्ट र कारमा सवार दार्चुलाको शैल्यशिखर नगरपालिकाका अन्दाजी २८ वर्षीय शेरबहादुर बोहरा घाइते भएका प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार घाइते दुबैको अवस्था गम्भीर रहेकोले राति नै जिल्ला अस्पताल बैतडीबाट डडेल्धुरा अस्पताल रिफर गरिएको छ । कार अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *