वनमा लागेको आगोले गाईगोठमा आगलागी

शेयेर गर्नुहोस

डोटी । डोटीमा वनमा लागेको आगो घरको गाईगोठमा सल्किदा आगलागी भएको छ ।

डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ६ बासुदेउ जङगलमा लागेको आगोबाट सोही ठाउँ बस्ने लालबहादुर खड्काको गोठमा आगलागी भएको हो ।

आगलागी हुँदा अन्दाजी १ लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानियको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको छ ।

ताजा खबर

amazed