शेयेर गर्नुहोस
धनगढी । कैलाली र कञ्चनपुरमा फरार एक युवतीसहित ७ जना पक्राउ परेका छन् ।
जिल्ला अदालत कञ्चनपुर र कैलालीले फरार सूचीमा राखेका एक युवती, एक किशोर र पाँच जना युवक पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्दामा दोषी ठहर तर फरार भएकाहरुलाई पक्राउ गरेको हो । प्रहरीले आइतबार एक युवती, एक किशोर र पाँच जना युवकलाई नियन्त्रणमा लिएको हो ।
वन मुद्दामा २६ हजार ५३० रुपैयाँ जरिवाना ठहर भएका कैलालीको गोदावरी नगरपालिका–९ का ४० वर्षीय पुरन रानालाई प्रहरीले पक्राउ गरेको छ । अर्काको परिक्षा दिएर दोषी ठहर भएका अर्का युवक पनि पक्राउ परेका छन् । २५ हजार जरीबाना ठहर भएका कञ्चनपुरको बेलौरी नगरपालिका–३ का २३ वर्षीय विकास जैशी र अर्काको परिक्षा दिएर २५ हजार नै जरीबाना ठहर भएका पुनर्वास नगरपालिका–८ की २२ वर्षीया सिमा तिमिल्सेना पक्राउ परेकी हुन ।
त्यस्तै अर्काको परिक्षा दिएर २५ हजार जरीबाना ठहर भएका तर फरार अछामको मेल्लेख गाँपालिका–६ का १८ वर्षीय एक किशोरलाई पनि प्रहरीले पक्राउ गरेको छ । अर्काको परिक्षा दिएर २५ हजार जरीवाना ठहर भएका मेल्लेख गाउँपालिका–६ का ३० वर्षीय कृष्ण बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै बैकिङ् कसुर मुद्दामा एक हजार जरिबाना ठहर भएर फरार भएका गोदावरी नगरपालिका–२ का ३१ वर्षीय नेत्र कामीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उता कञ्चनपुरमा लागुऔषध मुद्दामा चार महिना १० दिन कैद सजाय र २ हजार जरिबाना ठहर भएर फरार भएका भीमदत्त नगरपालिका–२ का २५ वर्षीय लोकेश शाहलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको छ ।















