लागू औषध मुद्दाका २ फरार प्रतिवादी पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कञ्चनपुरबाट प्रहरीले २ जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला अदालत कञ्चनपुरले कैद सजाय ठहर गरेका २ जना फरार प्रतिवादीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लागू औषध मुद्दामा ९ महिना ९ दिन कैद तोकिएका भीमदत्त नगरपालिका – २ उल्टाखामका ३४ वर्षीय हरिस बोहरा र लागू औषध मुद्दामा २ महिना ७ दिन कैद सजाय तोकिएका बेलौरी नगरपालिका – ६ हात्तिबोझाका २७ वर्षीय वीरेन्द्र बडायक रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed