कञ्चनपुरमा वयस्क जङ्गली हात्ती मृत फेला

शेयेर गर्नुहोस

धनगढी । कञ्चनपुरको लालझाडीमा जङ्गली हात्ती मृत फेला परेको छ । विगत केही महिनादेखि आतङ्क मच्चाउँदै आएको क्षेत्रमा आज बिहान हात्ती मृत अवस्थामा फेला परेको हो ।

लालझाडी गाउँपालिका–४ को पर्सिया र जाई गाउँको आसपास रहेको सडक किनारमा वयस्क हात्ती मरेको अवस्थामा भेटिएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामबिचारी ठाकुरले बताउनुभयो । 

“मरेको अवस्थामा हात्ती फेला परेको छ”,गोरखापत्रलाई उहाँले भन्नुभयो,“त्यसबारे विस्तृत बुझ्नका लागि प्राविधिकसहितको कर्मचारी पठाउँदैछु । के कति कारणले मृत्यु भएको हो भन्ने कुरा पछि मात्रै थाहा हुन्छ ।”

लालझाडी कोरिडोरमा रहेको हात्तीले गत असोजदेखि सो क्षेत्रमा खेतीपातीमा नोक्सान गर्दै आएका छन् । हात्तीको आक्रमणबाट कञ्चनपुरमा यसै वर्ष दुई जनाको ज्यान गएको थियो । 

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed