कैलालीमा पानीको खाल्डोमा डुबेर बालकको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा पानीको खाल्डोमा डुबेर बालकको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–१२ सि गाउँका राजु श्रेष्ठका ८ वर्षीय छोरा शिद्धार्थ श्रेष्ठ पानी जमेको खाल्डोमा खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका थिए। तत्कालै उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो ।

तर अस्पतालमा चिकित्सकले परीक्षण गरेपछि शिद्धार्थलाई मृत घोषणा गरेका हुन् । डुबेको स्थान घर नजिकै रहेको खाल्डो रहेको प्रहरीले जनाएको छ ।

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *