दिनेश सञ्चार गृहमा आक्रमण, पत्रकारमाथि कार्यालयमै कुटपिट

शेयेर गर्नुहोस

धनगढी । समाचारको बिषयलाई लिएर दिनेश सञ्चार गृहमा साँघातिक आक्रमण भएको छ। धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार झुटो भएको र डिलिट गर्नुपर्ने भन्दै कार्यालयमा पुगेका १५÷२० जनाले दिनेश सञ्चार गृहमा सांघातिक आक्रमण गर्दै त्यहाँ कार्यरत पत्रकारमाथि कुटपिट पनि गरेका छन्।

सञ्चार गृहका सह–सम्पादक जनक विष्ट लगायतका पत्रकारमाथि उनीहरुले कुटपिट गरेका हुन् भने व्यवस्थापक अमिता कुँवर, प्राविधिक कल्पना सिहमाथि पनि हातपात समेत गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले दिएको जानकारीका आधारमा धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार प्रकाशन गरिएको थियो।

उनका अनुसार धनगढी उपमहानगरपालिका –१ बाट चोरी मुद्धामा भदौ २२ गते पक्राउ परेका १९ वर्षीय रोशन विकले शौचालयमा आत्महत्या गरेका हुन।

ताजा खबर

बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु

नेकपा बन्यो सुदूरपश्चिम प्रदेश सभामा ठुलो दल

एकै दिन लागू औषध सहित ८ जना पक्राउ

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *