सार्वजनिक सवारी साधन सञ्चालनको तयारी

शेयेर गर्नुहोस

टीकापुर / यातायात व्यवसायीहरुले सार्वजनिक सवारी साधन असोज १ देखि सञ्चालन गर्ने तयारी गरृको छ ।
सुन्दर सुदूरपश्चिम यातायात प्रालीका अध्यक्ष पदम सापकोटाले असोज १ गतेदेखि सार्वजनिक यातायात पूर्ण रुपमा सञ्चालन गर्ने तयारी भएको बताए ।
लामो तथा छोटो दूरीका सवारी साधन चलाउने केन्द्रमा समेत तयारी भईरहेको बताउँदै सुदूरपश्चिममा पनि सोही अनुसार यातायात सञ्चालन गरिने सापकोटाले बताए ।
गत चैत ११ गतेदेखि जारी लकडाउन र अहिले स्थानीय प्रशासनले घोषणा गरेको निषेधाज्ञाका कारण यातायात व्यवसायी मारमा परेको यातायात व्यवसायीहरु बताउदै आएका छन ।
सोही बिषयमा कर्णाली रिभर साईड यातायात प्रालीका अध्यक्ष धिरज शाहीे ६ महिनादेखि सार्वजनिक यातायात ठप्प भएपछि सयौँ व्यवसायीसंगै हजारौं मजदुर पनि समस्यामा परेको बताउछन ।
कतिपय यातायात व्यवसायीहरुले आफ्नै लगानीमा सवरी संञ्चालन गरेको भएपनि धेरै जसोले भने बैंकबाट ऋण निकालेर र किस्तामा बसहरु खरिद गरेका छन्,’ उनले भने, ‘सार्वजनिक सवारी साधन नियमित रुपमा संञ्चालन भएपछि मात्रै बैंकको ब्याज र गाडीको किस्ता तीर्न सहज हुनेछ । कैलालीमा भने जिल्ला भित्र मात्रै जोरविजोर प्रणाली लागु गरेर सार्वजनिक सवारी साधान संञ्चालन गर्न अनुमती दिईएको छ ।

ताजा खबर

कञ्चनपुरमा मलामी गएका सशस्त्र प्रहरीकाे दुर्घटनामा मृत्यु

अछाममा बलात्कारको आरोप लागेका चन्द पक्राउ

प्रवासी नेपाली संघ राजकोट नगर समिति अध्यक्षमा अर्जुन बिक चयन

कैलालीमा जन्डिसको सुइ लगाएको दुई मिनेटमै युवकको मृत्यु

amazed