मोटरसाइकलसहित चोरीमा संलग्न १४ जना पक्राउ, ८५ वटा भेटिए

शेयेर गर्नुहोस

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने १४ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ ।
महाशाखाको पीडित सहायता इकाइको विशेष टोलीले उपत्यकाको विभिन्न स्थानहरुबाट हराएका र चोरी भएका सवारी साधनहरुलाई खोजतलास गर्न विशेष अभियान संचालन गरिरहेको जनाएको छ । जसअनुसार महाशाखाले यस आर्थिक वर्षको पाँच महिनाको अवधिमा उपत्यकाको विभिन्न स्थानबाट हराएका ८५ वटा मोटरसाइकलहरु खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

आज मात्रै महाशाखाले ललितपुरको ढोलाहिटीबाट काभ्रेको तिमाल घर भई ललितपुर बस्ने सुजन तामाङ्गलाई पक्राउ गरेको छ । वास्तबिक नम्बर प्र।३(०२(००१प९०४१ भइ प्र।३(०२(००३प६५०६ नंम्बर राखि चलाएको २२० सिसिको रातो कालो पल्सर सहित पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त मालीगाँउ पठाएको भट्टराइले जानकारी दिए । उक्त मोटरसाइकल सेतोपुलबाट दश दिन अघि मात्र हराएको थियो ।

विशेषगरि काठमाडौँका सार्वजनिक स्थल र एकान्तमा पार्किङ्ग गरि राखिएका मोटरसाइकलहरु चोरी हुने गरेको तथ्याङ्कबाट देखिएको छ ।

अधिकांश चोरी भएका मोटरसाइकलहरुको वास्तविक नम्बर परिवर्तन गरेको पाइएको छ भने कतिपय पक्राउ परेका मोटरसाईकलको नक्कली ब्लुबुक समेत हुने गरेको पाइएको छ । (साभारः रातोपाटी)

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *