सिमामा नेपालीबाट नेपाली ठगिदै

शेयेर गर्नुहोस

पवन भण्डारी
टीकापुर । भारत बाट फर्किएका नेपाली नागरिकहरु नेपाली बाटै ठगिदै आएका छन । नेपाली बस अटो चालकहरु बाट त्रिनगर भन्सारमा उनिहरु सवारी साधनको भाडमा ठगिदै आएका हुन । नेपाल भारत सिमा नाकामा अटो चालकहरुले बिभिन्न बहाना बनाउदै करिब १ सय मिटर सम्मको २५० रुपैया सम्म भाडा असुल्दै आएका छन ।

गौरीफण्टा नाकामा रहेका अटोचालक र कोरोना महामारीका बिच निर्माण गरिएको अस्थाई बस पार्कमा बस सञ्चालकहरुले मनपरी रुपमा भाडा असुल्ने गरेका छन ।

अटो चालकहरुले भारत बाट फर्केका हरुको सामान प्रहरीले चेक नगर्ने सर्तमा भन्दै ३ सय रुपैया लिने गरेको भारत बाट फर्केका बझाङकी बासु देबि रोकायाले दुःखेसो गरिन । उनले आफुहरु ६ जना बाट १५ सय भारु भाडा र ३ सय प्रहरीलाई भन्दै अटोचालकहरुले पैसा लिएको बताईन ।

सिमा नाकामा आफुलाई ठगिदै आएको भारत बाट फर्केका अधिकांश नेपालीहरुको गुनासो छ । उनिहरु बिभिन्न बहानामा आफुहरु बाट चर्को भाडा असुल्ने गरेको टिकापुरका बिरेन्द्र साँउदले बताउए । तर बस सञ्चालकहरुले भने आफुहरुले सरकारले तोकेको दर अनुसार नै भाडा लिने गरेको बताएका छन ।

प्रत्येक चलानीमा डेढ प्रतिशत बढाएर भाडा लिने गरेको बस सञ्चालक यज्ञ राज जोशीले बताए । उनले धेरै सामान हुने लाई थप सामानको भाडा लिने गरेको बताए । सिमा नाका मै नेपाली बाट नेपालीहरु ठगीदा सिमा सुरक्षामा खटिएका प्रहरी भने मुख दर्शक छन ।

कोरोना महामारीका बेला भारत बाट फर्किएका नेपालीहरु लाई रोक्न निर्माण गरिएको अस्थाई बसपार्कमा यसरी नेपाली हरु ठगीरहदा पनि प्रसाशन मौन बसीरहेको गुनासो बढ्दै आएको छ ।

ताजा खबर

कैलालीमा जन्डिसको सुइ लगाएको दुई मिनेटमै युवकको मृत्यु

amazed