टीकापुर ट्राफिक प्रहरीद्वारा ३६२ सवारी साधन कारवाहीमा

शेयेर गर्नुहोस

मंसिर महिनामा मात्र २ लाख २५ हजार ५ सय रुपैयाँ राजस्व संकलन
टीकापुर । टीकापुर स्थित अस्थायी ट्राफिक प्रहरी पोष्टले मंसिर १ देखि मंसिर मसान्तसम्म २ लाख २५ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ ।
सवारी साधन प्रयोग गर्दा ट्राफिक नियम पालना नगर्नेहरु बाट जरिवाना स्वरुप सो रकम संकलन गरेको हो ।


अस्थायी ट्राफिक प्रहरी पोष्ट टीकापुरका प्रमुख प्रहरी नायब निरीक्षक खेम बिक्रम केसीका अनुसार मंसिर महिनामा मात्र ट्राफिक नियम उल्लंघन गर्ने ३६२ सवारी साधन कारवाहीमा परेका हुन ।


कारवाहीमा २८१ मोटरसाइकल, २८ टिप्पर, २१ जिप कार, १८ ट्रेक्टर, १० अटोरिक्सा र ४ बस रहेको समेत ट्राफिक प्रहरी प्रमुख केसीले मलवारालाई जानकारी दिनुभयो ।


उहाँका अनुसार मंसिर महिनामा ८ दुर्घटना भएका छन । ८ दुर्घटना मध्य १ जनाको मृत्यु भएको र ९ जना सामान्य घाइते भएका छन ।


यसैगरी केसीका अनुसार मंसिर ३० गते बिहान टीकापुर ट्राफिक प्रहरीले बिभिन्न ६५ सवारी चालक तथा सह–चालकलाई सवारी साधन चलाउदा बिभिन्न कुरामा ध्यान दिन ध्यानाकर्षण गराएको छ ।

अहिलेको मौसममा प्राय कुहिरो लाग्ने भएकाले सवारी साधन गुडाउदा स्पिट कम गर्नु पर्ने र लाइटको प्रयोग गर्नुपर्ने बारे चालक, सह–चालकलाई सचेत गराएको कुरापनि केसीले मलवारा संगको कुराकानीमा बताउनुभयो ।

amazed