शेयेर गर्नुहोस
आन्तरिक किचलोको पदको लागि मरिहत्ते गर्ने सत्ता प्राप्ति मात्रै सबैथोक मान्ने नेपालको पुरानैशैलीबाट नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारी मिलेर विगतको तितो अनुभव एक पटक फेरि ताजा गरिदिएका छन । कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्ग्रोमा राखे पनि बाङ्गोको बाङ्गै भनेझैं प्रधानमन्त्रीले चालेको गैरराजनीतिक गैरसंवैधानिक अनैतिकताको पराकाष्ठा चरितार्थ गरिदिएका छन् । हुन त संसद भएपनि नभए पनि यो सरकार रहे पनि नरहे पनि अर्को सरकार बने पनि नेपाल नबन्ने तिनै नेता आसेपासे कपुत झोले सुसारे लाभान्वित हुने थिए ।यो सरकार बने देखि चुनावमा एमाले माओवादीको अपवित्र गठबन्धन थियोे । आम कार्यकर्ताले रुचाएका थिएनन् तर पनि यो पनि विचार गरौं भन्ने सामान्य बुझाइबाट अभिप्रेरित भएर माथिल्लो नेतृत्वको पोल्टामा सबै विश्वासको बल फालेर जे जे भने सबैले मानेकै हुन ।
प्रचण्ड र ओलीले गरेको गोप्य सहमति आधा आधा कार्यकाल भन्ने थियोे,पछि ओलीले मानेनन् । सहमतिको धोती लगाइ दिए ।ओलीले प्रचण्डलाई लप्का खुवाएकै हुन । हुन त प्रचण्ड र ओली दुवैजना अवसरवादी र उपयोगवादी हुन । एकले अर्कोलाई प्रयोग गरेर कब्जाको रणनीति राजनीति गर्न खोजेको स्पष्ट देखिन्छ । प्रधानमन्त्री ओली तिनका मन्त्री सरकार ऊनी निकट मन्त्री,सल्लाहकारको जयजयकारमा एकदिन अनिष्ट निम्त्याउने प्रायः निश्चित थियोे । सरकार दिनप्रतिदिन निरंकुश स्वैच्छाचारी अराजक एकात्मक दम्भकारी हठी देखिन थालिसकेको थियोे । पार्टीको हित विपरीत जनताको आकांक्षा विश्वास विपरीत हिड्ने,आफूलाई सर्वेसर्वा ठान्ने भ्रष्टाचार गर्ने,भ्रष्टको बचाउ बारम्बार देखिन्थ्यो,त्यो मनोदशाबाट ग्रसित स्पष्ट देखिन्थ्यो । आफ्नो प्यानलकाको बचाउ अर्कोको खेदो खन्ने आपसी मनमुटाव हठी दम्भ सनकमा आएर अहंकार आन्तरिक किचलो गैरसंवैधानिक काम प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको सार्वभौम प्रतिनिधिमूलक संस्था प्रतिनिधि अर्थात संसद विघटन गरिदिए । प्रधानमन्त्रीको यो कदमले सनकमा दनक जनताको मतको अपमान भएको छ ।
परिवर्तनको लागि लोकतान्त्रिक व्यवस्था,राजनीतिक स्थायित्व दिगो शान्ति र समृद्ध नेपाल,स्वाधीन नेपाल,नयाँ नेपाल समतामूलक समाज आधुनिक नेपाल,२००७ सालदेखि यो वा त्यो बहानामा लोकतन्त्र र नागरिक अधिकारका लागि छेडिएका ती आन्दोलनको उपलब्धि संस्थागत गर्ने,विधिको शासन,कानूनी राज्यको अवधारणा अनुसार लोकतान्त्रिक मूल्य र मान्यतालाई संस्थागत गर्ने, दुई ठूला कम्युनिस्ट पार्टीको वामपन्थी गठबन्धन लाई नेपाली जनताले संविधानसभाले बनाएको संविधान अनुसार पहिले आम निर्वाचनको माध्यमद्वारा नेपाली जनताले झन्डै दुई तिहाइको बहुमत दिएका थिए । बहुमत भएको विश्वास हो,भार हो जसको आज अवमूल्यन अपमान भएको छ,खेर गएको छ ।
आज नेपाली जनताको नेकपा,प्रधानमन्त्री ओली,राष्ट्रपति भण्डारीले ठूलो अपमान गरेका छन् । आफ्नै पार्टी स्पष्ट बहुमत हुँदाहुँदै पनि संविधान माथि कू गरेका छन्,कलंकको टीका लगाइदिए । असंवैधानिक कदम उठाएका छन् । लामो संघर्ष त्याग बलिदानबाट प्राप्त लोकतन्त्र माथि खतरा अन्योलता राजनीति अस्थिरता तरलता गन्तव्यवीहिन राजनीति तिर देश धकेलिएको छ । पौष ५ गते नेपालको इतिहासमा ओलीले लोकतन्त्रको चीरहरण गरिदिए । नेपालको संविधानलाई कुच्याउनु भनेको नेपाली जनताको घाँटी थिच्नु सरह हो ।सधैं राजनीति किचलो अहिले यो भएन कहिले त्यो भएन गनगन दुराचार दुराग्रह आडम्बर एकले अर्को खेदो खन्ने,एकले अर्को खुट्टा तानातन गर्ने आफू अनुकूलतामा विधि र कानूनको धज्जी उडाउने कार्य अत्यन्तै खेदपूर्ण छ । विदेशीलाई रिझाउने तिनको कठपुतली बन्ने,नेपाली जनतालाई भ्रमणमा राख्ने हिजोआज उस्तै छ । अब चुनाव गर्ने भए भारत चाइना गएर गर उतै लडाइ गर । त्यस्ता अपराधी गद्दार देशद्रोहीले नेपालमा बस्ने हैसियत नैतिकता छैन । विदेशी मतियार गद्दार,नेपाली जनताको रगतपसिना चुस्ने देशमा सधैं अस्थिरता अराजकता अपराध भ्रष्टाचार गरेर पेट पाल्न पल्नेका राक्षस मानवीय चेतना नभएका भ्रष्ट नालायक कपुत, यिनीहरूलाई देश निकाला गर्नुपर्छ ।
आफू भएन भने अर्कोलाई नमान्ने अजम्मरी महत्वाकांक्षी कथित मनोदशा पनि उदेकलाग्दो हो । देशमा अराजकता सिर्जना गर्ने,भ्रष्टाचार गर्ने,षड्यन्त्र,जालझेल,पदीय मर्यादाको ख्याल नगर्ने अलोकतान्त्रिक असंवैधानिक काम गर्ने देशीविदेशी शक्ति संग देशको सार्वभौमसत्ता भौगोलिक अखण्डता माथि आँच आउने कोशिश हुने परिस्थितिजन्य क्रियाकलाप गर्नु कथित खोक्रो राष्ट्रवाद धोखेबाज हो । बाहिर एक भित्री भित्र अर्कै खेल खेल्ने,नेपाली जनता रोग भोक र शोकले आक्रान्त छन् । नेपाली जनताले आफ्नो छाक काटेर तिरेको करको यत्रो लूट ? पार्टीको अन्तर कलहमा नेपाल नेपाली जनतालाई दुख दिन पाइदैन । नेपाली जनता ओलीका कारिन्दा रैती होईन । त्यो कोसिस नेपाली जनता कदापि स्वीकार गर्ने छैनन् ।
हिजो राणा शासनको अन्त्य गर्ने पनि यिनै जनता हुन,पन्चायत शासन अन्त्य गर्ने पनि यिनै नेपाली जनता हुन,०५९ मा राजा ज्ञानेन्द्रको कू पछि २४० वर्षे राजतन्त्रको अन्त्यभइ अहिले नागार्जुन दरबारको म्युजियममा पुर्याउने पतन पनि यिनै जनताले गरेका थिए । आज ओली त्यहीँ बाटो अंङ्गालेर हिडिरहेका छ । प्रधानमन्त्री ओलीको पतन निश्चित छ नेकपालाई पनि ठूलै धक्का लाग्नेछ । पहिले पहिलो ओलीको कार्यशैलीलाई देवत्वकरण गर्ने अहिले त्यसको आडमा महत्वाकांक्षी भएर यो हदसम्म पुगे । नेकपा एमाले भनेकै ओली हुन भन्ने मनोबिज्ञानलाई ओलीमा दम्भ अहंकार पलायो ।उनमा सत्ताको उन्माद चढ्यो । आफूलाई सर्वेसर्वा ठाने कसैलाई टेरेनन,पार्टीको पद्धति नीति विचार सिद्धान्तको धज्जी उडाए । पार्टीको निर्णय नमान्ने पार्टीले आफूले जे गरेपनि जयजयकार गरिदिनुपर्छ,आम नेताकार्यकर्ताले अरिङ्गाल बन्नुपर्ने उनको भित्री आशय थियोे ।
पार्टीको बैठकमा नजाने सामूहिक निर्णय नमान्ने आफूलाई कसैले हटाउन नसक्ने,सर्वसत्तावादी सोचाइ शुरु देखि नै देखिदै आएको थियोे । उनका अन्धभक्त सुसारे सल्लाहकार एकोहोरो उनैको गुणगान भक्ती गीत आउँदा उनमा उन्माद चढ्दै गयो । नेपालमा गणतन्त्र आउला आफू प्रधानमन्त्री बनौला भन्ने रत्तिभर विश्वास ओलीमा थिएन तर त्यसको ठीक विपरीत प्रधानमन्त्री हुन पुगे अनि उनमा सत्ताको उन्माद चढेको कसैलाई नटेरेको, त्यो राष्ट्रपतिको चयन उनकै निगाहबाट एकलौटी निर्णय कसैले पार्टी भित्र चु पनि गर्न सकेनन्, एकलौटी मनपरि विद्यादेवी भण्डारी,अर्थमन्त्री युवराज खतिवडा,सूचना मन्त्री गोकुल बाँस्कोटा,राजनीतिक सल्लाहकार बिष्णु रिमाल,सुर्य थापा,उनका वरिपरि महेश बस्नेत जस्ता पात्रको चयन पार्टी कसैले छलफल नगरी ओलीकै हुकुमी शैलीबाट उनकै खल्तीबाट झिकेर सरकार पार्टीमा पकड जमाए । ओलीले प्रचण्डलाई प्रयोग गरे, प्रचण्डले ओलीलाई प्रयोग गरे,प्रचण्ड फेल भए ओलीले जित्दै गए ।
नेपाली जनताको अपमान गरे, विश्वास घात गरे । दुई तिहाइको बहुमत कम्युनिस्टको खोल ओढेर जनतालाई भ्रममा पारे । आफ्नै पार्टीको स्पष्ट बहुमत हुँदाहुँदै पनि मध्यावधि निर्वाचनको घोषणा पाँच वर्ष नपुग्दै संसद विघटन गर्नु राजनीति रूपमा,नैतिक रूपमा व्यावहारिक रूपमा कानूनी रूपमा मिल्दैन थियोे । आज देश कोभिड १९ को महामारीबाट आक्रान्त छ,जनता रोग र भोकले आजित छन् । करोडौं मानिस प्रभावित भैरहेका छन् । बिद्यार्थीले बिधालय जान पाएका छैनन् । उद्योगीले उद्योग सञ्चालन गर्न पाएका छैनन् । आधा नेपाली विदेशमा फसेका छन् । समाजमा व्याप्त अभाव समस्य ग्रस्त हुँदा पनि यो हदसम्मको हर्कत गर्नु अत्यन्तै दुस्खद विडम्बनापूर्ण मान्नुपर्छ । नेपाली जनताको चाहना दिगो शान्ति राजनीतिक स्थायित्व,कानूनी राज्य,सुशासनको माध्यमद्वारा समृद्ध नेपाल सुखी नेपाली,स्वाधीन आर्थिकसामाजिक आत्मनिर्भर आधुनिक विकसित नेपाल,स्वतन्त्र सवल समुन्नत राष्ट्र,समतामूलक समाज निर्माण गर्दै समाजवादतिर जाने भन्ने स्पष्ट राजनैतिक संबैधानिक कार्यदिशा राज्यको निर्देशित सिद्धान्तमा आधारित कार्यभार सुम्पेको थियोे ।
अझ एकपटक नेपाली जनताको काँधमा संगीन जिम्मेवारी आएको छ्,गम्भीर समिक्षा गहिरो बहस छलफल गर्ने,सोच्ने बेला भयो । दुई तिहाइको बहुमत दिदा पनि असफल हुने विदेशीको कठपुतली बन्ने,सधैं षड्यन्त्र गरिरहने नेपाली आमालाई रुवाउने, हत्याहिंसा,अराजकता,अस्थिरता,भ्रष्टाचार गरिरहने,आजीवन राजनीतिलाई पेशा अपनाउने,अन्योलमा देशलाई मुक्त गर्नैपर्छ । नेपाली जनता सधैं यस्तो अस्थिर अशान्ति देख्न चाहदैनन् । शान्तिप्रिय नेपाली जनता कठपुतली पार्टी,सरकार नेतृत्व चाहदैनन् । संबैधानिक निकायमा कब्जा जमाएर देशमा निरंकुशता लाद्न पाइदैन त्यो सम्भव छैन । निर्वाचन आयोगले पनि बुझे हुन्छ । समय छदैछ चुनाव गर्न तयार छु भन्नु हास्यास्पद छ । नेपाली जनताले आफ्नो छाक काटेर सकिनसि तिरेको कर चुनावको नाटकमा खर्च गर्ने यता कोभिडमा उपचार नपाएर मर्ने वा १मिलोमतो गर्ने मतियार स्वतन्त्र निर्वाचन निर्वाचन आयोग रे१ राज्यकोषको दुरुपयोग गरेर विगत जस्तैः पटकपटक जनतालाई धोका दिने अब के प्राप्त गर्ने निर्वाचन गर्ने नैतिक हैसियत छ ? निर्वाचन स्वतन्त्र निष्पक्ष हुन्छ भन्ने के ग्यारेन्टी ? रास्ट्रपति भण्डारी जस्तैः अदालत,निर्वाचन आयो,अख्तियार अरू बाँकी संवैधानिक निकाय पनि छाँयामा नपर्ला भन्ने के ग्यारेन्टी ?
भरत बहादुर बिष्ट
टीकापुर,१ कैलाली ।