संसद् विघटनको सिफारिससँगै हाइ अलर्टमा ४ वटै सुरक्षा निकाय

शेयेर गर्नुहोस

काठमाडौं । मन्त्रिपरिषद्‍ बैठकले संसद् विघटनको निर्णय गरेसँगै उच्च सुरक्षा सतर्कता अपनाउन चारै वटा सुरक्षा निकायले मातहतका निकायलाई निर्देशन दिएका छन् ।

सरकारको निर्णयसँगै आउन सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गरी उच्च सुरक्षा सतर्कता अपनाउन मातहतका निकायलाई निर्देशन दिइएको सम्बन्धिन सुरक्षा निकायका स्रोतले जानकारी दिएका छन् ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसद् विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालयले मातहतका सबै निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन जारी गरेको मुख्यालय स्रोतले बताएको छ । सरकारबाट कुनै पनि निर्देशन आएको छैन ।

तर विघटनको सिफारिससँगै चुनौतीलाई दृष्टिगत गरी हामीले मातहतका निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका छौं, मुख्यालय स्रोतले भन्यो ।

यस्तै नेपाली सेनाले पनि उच्च सुरक्षा सतर्कता अपनाउन सबै पृतनापतिहरूलाई निर्देशन जारी गरेको छ । सैनिक स्रोतले भनेको छ, सबै पृतनापतिलाई सतर्क रहन भनिएको छ । यस्तै गुप्तचर र सशस्त्र प्रहरीले पनि सुरक्षा सतर्कता अपनाउन निर्देशन गरेका छन् ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed