भूपेन्द्र हत्या प्रकरणः पक्राउ परेका ९ जना कारागार चलान, ३ जना धरौटीमा रिहा

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको लम्कीचुहा नगरपालिका वडा नं ३ का भूपेन्द्र बडुुवालको हत्या आरोपमा पक्राउ परेका ९ जनालाई कारागार चलान गरिएको छ ।
शुक्रबार भएको थुुनछेक बहसपछि जिल्ला अदालत कैलालीले हत्या अभियोगमा पक्राउ परेका १२ जना मध्ये ९ जनालाई पुुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

अदातलको आदेशपछि लम्कीचुहा नगरपालिका ३ का २३ वर्षीय महेश रावल, २० वर्षीय धिरज भन्ने दीपेन्द्र शाही, २० वर्षीय आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, लम्कीचुहा–१ का २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय निशान्त मल्ल, टीकापुर नगरपालिका १ का २३ वर्षीय प्रविण रिमाल, बर्दियाको राजापुर नगरपालिका–७ घर भएर टीकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय रोहित आले र टीकपुरकै २५ वर्षीय सोहन शाहलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका अन्य ३ जना भने धरौटीमा छुटेका छन ।

लम्कीचुहा नगरपालिका–५ का २८ वर्षीय विकास खड्का, बर्दगोरिया गाउँपालिका २ बस्ने २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दियाको ठाकुरबाबा नगपालिका ३ बस्ने २६ वर्षीय सन्तोष भन्ने सविनजंग शाही भने धरौटी बुुझाएर तारेखमा छुुटेको कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

उनीहरु तीन जनामाथि बडुुवालको हत्याका अभियुुक्तहरुलाई सघाएको मतियारकोे मुद्दा चलाइको थियो । बडुवाल हत्या प्रकरणमा अन्य ९ जना भने फरार रहेका छन् ।

उनीहरुको बारेमा भने अदालत तत्काल केही नबोलेको प्रहरी नायब उपरीक्षक जोशीले बताए । लम्कीचुहाका बडुुवालको गत कात्तिक २३ गते टीकापुरमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको थियो ।

ताजा खबर

तालमा डुबेर एक जनाको मृत्यु

सेलेना गोमेज बनिन् कान्छी अर्बपति

यी हुन् तातोपानी पिउनुका बेफाइदा

शरीरमा पानीको कमी हुँदा के हुन्छ ?

amazed