बाजुरा झडपमा घाइँते अनेरास्ववियुका नेता अयडिको मृत्यु

शेयेर गर्नुहोस

बाजुरा । बाजुरा जिल्लाको त्रिवेणि नगरपालिका वडा नम्बर – ७ मा आइतबार बेलुका कांग्रेस एमाले कार्यकर्ता बिच झडप हुँदा गम्भीर घाइते भएका अनेरास्ववियुका नेता चेतन अयडिको मृत्यु भएको छ।

उनको उपचारको क्रममा बयलपाटा अस्पताल अछाममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख सूर्य थापाले बताए ।

उनका अनुसार वडा नम्बर ७ को नाटेश्वरी मतदान केन्द्रमा भएको विवादको विषयलाई लिएर अयडीमाथि आक्रमण गरिएको हो । अन्दाजी ३२ वर्षीय अयडी बाजुरा क्याम्पसका स्ववियु सभापति समेत रहेका थिए । 

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *