बलात्कार गरी भाग्ने पुरुष पक्राउ

शेयेर गर्नुहोस

मलवारा समाचार
धनगढी १६ साउन÷ कैलालीमा बलात्कार गरी भाग्ने पुरुष पक्राउ परेका छन्। जिल्लाको भजनी नगरपालिका –९ का ३४ वर्षीय विस्रे चौधरीलाई ९ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

चौधरी २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरी २०६७ कार्तिक ४ गते देखि फरार थिए। कैलाली जिल्ला अदालतको २०७१ वैशाख १७ गतेको आदेशले उनलाई ६ वर्ष कैदको सजाय तोकेको थियो।

उनलाई साउन १२ गते पक्राउ गरि १४ गते पुर्पक्षका लागी कारागार चलान गरिएको प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।

ताजा खबर

नेपाल प्रहरीका ११ जना एसएसपीको सरुवा, को कुन ठाउँमा ?

कैलालीमा लाग‍ुऔषधसहित ७ जना पक्राउ

कैलालीको जानकीका युवकको करेन्ट लागेर मृत्यु

कैलालीको टीकापुरबाट लागुऔषध सहित ३ जना पक्राउ

कैलालीमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

amazed