कञ्चनपुरमा लगभग डेढ अर्ब बजेट फ्रिज

शेयेर गर्नुहोस

मलवारा समाचारदाता
झलारी १६ साउन । काम गर्न नसक्दा कञ्चनपुरमा एक अर्व ४२ करोड बजेट फ्रिज भएको छ । गत आर्थिक बर्षमा काम गर्न नसक्दा एक अर्व बढी वजेट फ्रिज भएको हो ।

आर्थिक बर्ष २०७६–२०७७ मा चालु र पुँजीगततर्फ गरी ११ अर्ब २२ करोड २४ लाख रुपैयाँ रहेकोमा ९ अर्ब ८० करोड १७ लाख ३३ हजार ८ सय ८४ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय कञ्चनपुरका सूचना अधिकारी जनककुमार चौधरीले जानकारी दिएका छन् ।

फ्रिज भएको रकम मध्ये पुँजीगत ७६ करोड ३९ लाख रुपैयाँ रहेको छ भने चालुतर्फ ६५ करोड ६७ लाख रुपैयाँ रहेको छ ।

यस्तै चालुतर्फ ६ अर्ब ९५ करोड ६८ लाख खर्च भएको छ भने पुँजीगत तर्फ २ अर्ब ८४ करोड ४८ लाख रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *