डोटीमा एक पुरुष मृत फेला

शेयेर गर्नुहोस

डोटी । डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको आदर्श गाउँपालिका—५ गोग्नाडी पतना बस्ने अन्दाजी ३८ वर्षीय लक्ष्मण भट्टराई मृत फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीले भट्टराई शनिवार दिउँसो सोही वडाको नौलाखोला भन्ने स्थानमा सडकबाट अन्दाजी ५०० मिटर तल मृत अवस्थामा फेला परेको जनाएको छ । सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय डोटीबाट आवश्यक घटनाको अनुसन्धान भईरहेको छ ।

amazed