शेयेर गर्नुहोस
कञ्चनपुर । कञ्चनपुरमा बैकिङ्ग कसुर मुद्धाका फरार एक प्रतिबादी पक्राउ परेका छन् । जिल्लाको पुनर्वास नगरपालिका–१० का समेत महतालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बैकिङ्ग कसुरमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जको गत वर्षको चैत २२ गतेको फैसला अनुसार उनलाई पाँच दिनको कैद र दश लाख जरिबाना तिर्न बाँकी रहेको छ । उनलाई त्रिभुवन बस्तीको प्रहरी टोलीले पक्राउ गरेको हो ।
मङ्गलवार पक्राउ परेका उनलाई कञ्चनपुर जिल्ला अदालतमा पेस गरिएको छ । उनी कारागार चलान भएको प्रहरीले जनाएको छ ।















