शेयेर गर्नुहोस
बैतडी । बैतडीमा भिरबाट लडेर एक पुरुष घाइते भएका छन् । जिल्लाको सिगास गाउँपालिका४ बुढाकोटका ५१ वर्षीय धनवीरसिंह साउँद हिजो दिउँसो भिरबाट लडेर घाइते भएका हुन् ।
उनी सिगास–२ गाँजरीबाट आफन्तको सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्कने क्रममा इराना भन्ने ठाउँमा लडेका प्रहरीले बताएको छ । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।















