कञ्चनपुरमा चोरी मुद्दामा फरार एक जना प्रतिवादी पक्राउ

शेयेर गर्नुहोस

कञ्चनपुर । कञ्चनपुरमा चोरी मुद्दामा फरार एक जना प्रतिवादी पक्राउ परेका छन् । चोरी मुद्दाका फरार रहेका कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१० झलारीका २४ वर्षीय अर्जुन ऐर पक्राउ परेको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत कञ्चनपुरको मिति २०८० फागुन २७ गतेको फैसलाले चोरी सम्बन्धी कसूर मुद्दामा १ वर्ष कैद सजाय र १२ हजार जरिवाना सुनाएपछि ऐर फरार रहेका थिए ।

उनलाई ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले झलारी बजारबाट पक्राउ गरि अदालतमा पेश गरेको बताएको छ । सो सम्बन्धमा थप अनुसन्धान भैरहेको छ ।

ताजा खबर

amazed