सुदूरपश्चिममा नागरिक उन्मुक्तिलाई थप एक मन्त्रालय दिने सहमति

शेयेर गर्नुहोस

धनगढी । सुदुरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई थप एक मन्त्रालय दिन सत्ता साझेदार दल सहमत भएका छन् । मंगलबार बसेको प्रदेशका सत्ता साझेदार दलको बैठकले नाउपालाई थप एक मन्त्रालय दिने सहमति भएको एकीकृत समाजवादीका सांसद प्रकाश रावलले जानकारी दिए ।

नाउपाबाट यसअघि नै कैलाश चौधरीले भौतिक मन्त्रीको शपथ खाइसकेका छन् । नाउपाले थप कृषि मन्त्रलाय पाउने लगभग सहमति भएको जनाइएको छ । कृषि मन्त्रीका रुपमा टीका थापालाई आजै शपथ खुवाउने तयारी छ ।

त्यस्तै मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी शुक्रबारसम्म विश्वासको मत लिने गरी छलफल भएको रावलले जानकारी दिए । एकीकृत समाजवादीसहित एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र प्रदेश सभा सदस्य जोशीको समर्थनमा सोडारी ६ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

एमाले र माओवादी भने तत्काल सरकारमा नजाने भएका छन् । उनीहरू मुख्यमन्त्रीले विश्वासको मत पाएपछि मात्रै सरकारमा जानेबारे छलफल भएको बुझिएको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed