सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने

शेयेर गर्नुहोस

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सभाबाट आज (शुक्रबार) विश्वासको मत लिँदैछन् ।

यसका लागि सबै तयारी पुरा भइसकेको छ । मुख्यमन्त्री सोडारीले प्रदेश सभा बैठक आह्वान गर्न भन्दै यसअघि नै पत्र पठाइसकेका छन् । सोही आधारमा प्रदेश सभा बैठक आह्वान गरिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताए । बिहान ८ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक आह्वान गरिएको थियो ।

५ बजे भने मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने एकीकृत समाजवादीका उप–नेता प्रकाश रावलले बताए । दिउँसो नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक राखेर मुख्यमन्त्री सोडारीको पक्षमा विश्वासको मत दिन ह्विप लगाउने समेत तयारी भएको छ । माओवादी केन्द्रले पनि ११ बजे संसदीय दलको बैठक राखेर मुख्यमन्त्री सोडारीको पक्षमा विश्वासको मत दिन ह्विप लगाउने तयारी छ ।

नेकपा एमालेले भने अहिलेसम्म यस्तो विषयमा कुनै निर्णय गरेको छैन् । मुख्यमन्त्रीमा विश्वासको मत दिने मोटामोटी तयारी भए पनि ठोस निर्णय भने हुनै बाँकी छ । मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिए पनि आजै सरकारमा सहभागि भइहाल्ने विषयमा एमाले मात्र नभएर माओवादी समेत ठोस निर्णयमा पुगेको छैन् ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed