शेयेर गर्नुहोस
टीकापुर । कर्णाली नदीमा एक जना बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका–७ का ५५ वर्षीय दिलबहादुर शाही कर्णाली नदीमा बेपत्ता भएका हुन् ।
प्रहरीका अनुसार कर्णाली नदीमा नुहाउने क्रममा उनी बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय, चिसापानीको टोलीले उनको खोजी सुरु गरेको छ ।
बिहिवार दिउँसो १२ बजेर ४० मिनेट तिर उनी नदीमा बेपत्ता भएका हुन् । उनी चिसापानी पुलदेखि ७ किलोमिटर उत्तर क्षेत्रको कर्णाली नदीमा बेपत्ता भएको प्रहरीले बताएको छ ।















