महाकाली नदीमा पौडी खेल्न गएका एक किशोर डुबेर बेपत्ता

शेयेर गर्नुहोस

कञ्चनपुर । कञ्चनपुरमा महाकाली नदीमा पौडी खेल्ने क्रममा एक किशोर डुबेर बेपत्ता भएका छन् । शनिबार साँझ दोधारा चाँदनी नगरपालिका–९ ढकनाघाटनजिकै नदीमा पौडी लेख्न गएका स्थानीय १७ वर्षीय विष्णु सुनार नदीमा डुबेर बेपत्ता भएका हुन् ।

शनिबार साँझदेखि बेपत्ता भएका सुनारको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

उनको खोजीका लागि गोताखोर टोलीसँगै प्रहरी र स्थानीय जुटेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशी बताए ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed