कैलालीको जानकी र धनगढीबाट लागुऔषधसहित ३ जना पक्राउ

शेयेर गर्नुहोस


टीकापुर । कैलालीमा लागुऔषधमा संलग्नहरु पक्राउ पर्दै आएका छन । प्रहरीको सक्रियताका बाबजुद समेत लागुऔषध नियन्त्रण हुन सकेको छैन । कैलालीमा प्रहरीले फेरीपनि लागूऔषधसहित ३ जना लाई पक्राउ गरेको छ ।

जानकी गाउँपालिकावडा नं. ६ सुवर्णपुर स्थित डुडेझारि सडक खण्डबाट स्थानीय बर्ष २७ का अमृत थापा ३०० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित आइतवार पक्राउ परेका हुन् ।

यसैगरी आइतवारनै धनगढी उपमहानगरपालिका त्रिभुवनचोकबाट सोही ठाउँ बस्ने १७ र १८ वर्षीय किशोरलाई १०० मिलिग्राम लागूऔषध पक्राउ गरिएको छ। तीनै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *