प्रधानमन्त्री प्रचण्डले चौथो पटक लिए विश्वासको मत

शेयेर गर्नुहोस

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले चौथो पटक विश्वासको मत पाएका छन् ।

तेस्रो कार्यकालमै प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत लिएका हुन् । सोमबार प्रधानमन्त्री दाहालले कांग्रेसको अवरोधका बीचमा विश्वासको मत लिएका हुन् । प्रधानमन्त्री दाहालको पक्षमा १५७ मत पाए । त्यस्तै प्रधानमन्त्री दाहाललाई मत दिन्न भन्नेमा १ मत परेको सभामुख देवराज घिमिरले सदनलाई जानकारी दिएका थिए ।

सोमबारको बैठकमा १५८ सांसद उपस्थित रहेको सभामुख घिमिरेले जानकारी दिए । प्रधानमन्त्री दाहालले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिएका हुन् । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्दछ ।

जनता समाजवादी पार्टी, नेपालले वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । यसअघि प्रधानमन्त्री दाहालले फागुन ३० गते विश्वासको मत लिएका थिए ।

ताजा खबर

हिमपातले चिसो बढ्यो, खेतीपाती राम्रो हुने

चार महिनापछि बैठक बस्दै

amazed