शेयेर गर्नुहोस
धनगढी । दार्चुलामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ ।
जिल्लाको अपिहिमाल गाउँपालिका–३ स्थित काँटै दोनथे पाटनमा यार्चागुम्बा संकलकको भिरबाट लडेर मृत्यु भएको हो । शुक्रबार यार्चागुम्बा संकलनका क्रममा भिरबाट लडेर मृत्यु भएको अपिहिमाल गाउँपालिका–३ का वडाअध्यक्ष गगनसिंह कार्कीले बताए । अपिहिमाल गाउँपालिका–३ राताभिटाका २४ वर्षीय मिलन कार्कीको लडेर मृत्यु भएको उनले बताए ।
काँटैस्थित दोनथे भन्ने वनमा यार्चागुम्बा खोज्ने क्रममा भिरबाट लडेर उनको मृत्यु भएको हो । यार्चा खोजेर बास बस्ने ठाउँमा फर्कने क्रममा उनको लडेर मृत्यु भएको वडाअध्यक्ष कार्कीले बताए । मृतकको शव आफन्तले लेकबाट गाउँतिर ल्याएर दाहसंस्कार भइरहेको बताइएको छ ।















