शेयेर गर्नुहोस
धनगढी । कैलालीको गोदावरीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन । गोदावरी नगरपालिका–५ गेटाबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ घर भएका २५ वर्षिय आशिष चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
बिहिबार साँझ चेकजाँचका क्रममा चौधरीको शरीरबाट ४ ग्राम ९६० मिलिग्राम खैरो हिरोईन बरामद गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
उनलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।















