अछामको एक स्वास्थ्य चौकीमा औषधि राख्ने फ्रिजभित्र बियरका बोतल भेटिएपछि..

शेयेर गर्नुहोस

अछाम । अछामको एक स्वास्थ्य चौकीमा फ्रिजभित्र बियरका बोतल भेटिएका छन् ।

कमलबजार नगरपालिका–९ मस्टाबण्डालीस्थित स्वास्थ्य चौकीको औषधी राख्ने फ्रिजभित्र बियरहरु भेटिएका हुन् । जसमा तीनवटा बियरका बोतल फेला परेको बताइएको छ । स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूले बेला बेला स्वास्थ्य चौकीमै मदिरा सेवन गरेर रमाइलो गर्ने गरेको पनि स्थानीयको भनाई छ ।

सोही थाहा पाएर स्थानीयले छड्के अनुगमन गर्ने क्रममा फ्रिजभित्र ३ बोतल बियर देखेपछि भिडियो बनाएर सार्वजनिक गरेका थिए । त्यहाँका वडाध्यक्ष कमल भण्डारीले भने फ्रिजमा बियर राख्नेलाई छानबिन गरेर कारबाही गर्ने जनाएका छन् ।

ताजा खबर

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

amazed