वडाको कामले वडाबासीहरु सन्तोषजक नै छन्ः वडाअध्यक्ष बलि राम चौधरी

शेयेर गर्नुहोस

टीकापुर । चालु आर्थिक वर्ष २०८०र०८१ सकिन अब एक महिना बाँकी छ । चालु आवका विकास निर्माणका काम र अन्य कार्यक्रमहरु लगभग सकिएका छन् भने कतिपय कामहरु भइरहेका छन् । आगामी आर्थिक वर्षको बजेट निर्माणमा स्थानीय तहले छलफल गरिरहेका छन् । टीकापुर नगरपालिकाका प्रायः सबै वडा कार्यालयको चालु आवको बजेट सकिएको छ । योजना निर्माणका कामहरु, बजेटको सदुपयोगका विषयमा केन्द्रित रहेर यस मलवारा दैनिकका सह सम्पादक यज्ञराज उपाध्यायले टीकापुर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष बलि राम चौधरीसँग संक्षिप्त कुराकानी गरेका छन् । प्रस्तुत छ, वडाध्यक्ष चौधरी सँगको कुराकानीको सम्पादित अंशः

– चालू आर्थिक वर्षको अहिलेसम्म तपाईको वडामा योजना निर्माणका कामहरु के के भए ? अब के के छन् ?
हाम्रो यस वडामा योजना निर्माणका कामहरु सम्पन्न भइसकेका छन् । चालु आर्थिक वर्षमा पुर्वाधारमा ६ वटा योजनाहरु छन् भने सामाजिकमा ७ वटा योजना, आर्थिकमा ४ वटा योजना, वन वातावरण तथा विपद व्यवस्थापनमा २ वटा योजना र संस्थागत ३ वटा योजनाहरु छन् । यी सबै योजनाहरु सम्पन्न गरेर अब भुक्तानीको प्रक्रियामा रहेका छन् ।

–यस वडामा मुख्य योजनाहरु के के थिए ?
योजना विकास पुर्वाधारमा सामुदायिक भवन निर्माण क्रमागत, शिवमन्दिर निर्माण, वडाभित्रका सडकहरु मर्मत, ट्रस्ट भवन निर्माण, खडक आधारभूत विद्यालयमा माटोपटानी, रामावी बेलुवाको कक्षाकोठाहरु मर्मत थिए । सामाजिक विकास अन्तर्गत खेलकुद प्रवर्द्धन, बालबालिकालाई कम्प्युटर कक्षा सञ्चालन, संस्कृति संरक्षणमा विभिन्न चाडपर्व दिवस, रुपान्तरण कक्षा सञ्चालन, लोकसेवा आयोग कक्षा सञ्चालन, यस वडामा घर नम्बर प्लेट जडान तथा प्रमाणपत्र वितरणका योजना थिए । आर्थिकको योजनामा किसानलाई धानको बीउ वितरण, गहुँको बीउ वितरण, माछाको भुराहरुहरु वितरण र आर्थिकमै हलुका सवारी चालक तालिम थियो । वन वातावरण तथा विपद व्यवस्थापन अन्तर्गत विपद व्यवस्थापन सम्बन्धि काम र विपद सम्बन्धि जनहितमा जारी सन्देश प्रसारण रहेको थियो । संस्थागतमा वडा भेला, सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर सञ्चालन, वर्षाका लागि रैन कोट वितरण रहेको थियो ।

– तपाईको वडाको जम्मा बजेट कति थियो रु चालु आवमा यस वडामा कति सडक कालोपत्रे र कति ग्राभेल गर्नुभयो अध्यक्ष ज्यु ?
मेरो वडामा ६ सय ९० मिटर सडक कालोपत्रे भएको छ । नगर सभाबाट प्रत्येक वडालाई दिने ८० लाख बजेट यस सडकमा सकिएको छ । वडाको बजेट भनेको ३७ लाख २९ हजार २ सय ८८ रुपैयाँ ३९ पैसा हो । यो पनि सकिसकेको छ । मैले भनिसकें कालोपत्रे सडकको भुक्तानी सकिसकेको छ भने ग्राभेल सडकको भुक्तानी प्रक्रियामा गएको छ ।

– वडा अध्यक्षका रुपमा तपाईको यो दोश्रो कार्यकाल पनि हो । तपाईसहित वडा कार्यालयको काम कारबाहीले वडाबासी कत्तिको सन्तुष्ट छन् ? वडाका विभिन्न योजना तथा कार्यक्रमहरुमा जनसहभागिता कत्तिको छ अध्यक्ष ज्यु ?
जनताहरु शतप्रतिशत सन्तुष्ट छन् भन्न सकिन्न । तर हामीले आफ्नो क्षमता, स्रोत साधनले भ्याएसम्म जनता सन्तुष्ट हुने गरेर काम गरिरहेका छौं । सबैलाई त सन्तुष्ट गर्न त सकिँदैन । हाम्रो जुम काम गराई छ जनताहरुकै माझमा गएर गर्ने गर्छौं । उपभोक्ता समिती बनाउनु छ भने जुन ठाउँका जनता लाभग्राही हुन्छन् त्यहीँ गएर जनतासँग छलफल गर्छौं । अनि हामी काम गर्नु अगाडी जनताहरुसँग छलफल गरेर कार्यान्वयन प्रक्रियामा जान्छौं । हाम्रा कामहरु विवादरहित बनाउनु काम सुरु गर्नु अगाडी हामीले जनतासँग छलफल गर्छौं । र हामी कार्यान्वयनको चरणमा गइसकेपछी जनताहरु त सन्तोष नै छौं भन्नुहुन्छ । तर पनि मैले जनताहरु सन्तोष छन् भन्दा पनि तपाईहरु नै जनता माझ गएर सोध्दा राम्रो हुन्छ । अनि हामीले कुनै पनि कार्यक्रम सञ्चालन गर्दा अगाडी सुचना निकाल्छौं । जस्तो लोकसेवा कक्षा कै उदाहरण दिंदा यो वर्ष हाम्रो बजेटले भ्याउनेभन्दा बढी विद्यार्थी सहभागी भए । यतिसम्म कि छिनेकी वडाका भाइबहिनीले पनि हामी पनि सहभागी हुन्छौं भनेपछी हुन्छ नित भनेर सहभागी गराएका थियौं ।

–पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाहरुको भिड नै लागेको छ । यस वडाबाट पनि धेरै युवाहरु विदेश पलायन भएका छन् । उनीहरुलाई आफ्नै ठाउँमा केही गर्ने वातावरण सिर्जना गर्न वडाको भुमिका के छ ?
वडा कार्यालयले सम्पुर्ण युवालाई रोजगार दिन त सक्दैन । मैले अघि पनि भनें हाम्रो वडाको ३७ लाख २९ हजार बजेट छ । जसले वडाको एउटा ठूलो योजना पनि बन्दैन । यहि बजेट हामीले वडाभरी बाड्नुपर्छ । युवाहरुलाई यहीँ रोजगारी गर्न होस वा उहाँहरुको सीप, क्षमता बढाउन विभिन्न कक्षाहरु दिन सक्छौं । जस्तो जहाँ रोजगार गरे पनि सहज होस भनेर कम्प्युटर कक्षा दिन्छौं । नेपालमै निजामती कर्मचारी बनुन भनेर लोकसेवा तयारी कक्षा दिन्छौं । नेपालमै बसेर काम गर्न सहज होस् भनेर ड्राइभिङ लाइसेन्स कक्षा दिन्छौं । वडाको बजेटले जति सकिन्छ त्यति गरिराखेका छौं ।

– यस वडा नं। ८ मा नदी कटान र डुबानको समस्या निकै धेरै छ । बर्षामा यसबाट धेरै नागरिक प्रभावित हुने गर्दछन् । यो समस्या समाधानका लागि वडाको के कस्तो पहल गरिरहेको छ ?
हाम्रो वडामा नदी कटान र डुबानको समस्या वास्तवमै ठूलो समस्याको रुपमा रहेको छ । यसको समाधानका लागि हामीले वडाबाट पहल गरिरहेका छौं । रानी जमरा सिचाइ आयोजनाले पथरिया नदीमा जुन पुल निर्माण गर्दै छ त्यसको तलमाथी ५र५ सय मिटर तटबन्ध दिन्छु भन्ने कुरा भाको छ । तर बीचको भाग अझै तटबन्ध हुन सकेको छैन । यसको लागि पहल गरिराखेका छौं । वडाको बजेटले नभ्याइने भएकाले नदी कटानको समस्या समाधानका लागि पहल गरिरहेका छौं ।

– अन्त्यमा वडाबासी जनताहरुलाई के भन्न चाहनुहुन्छ ?
वडाबासीहरुले मलाई आफ्नो अमुल्य मत दिएर जिताउनु भएको हो । उहाँहरुप्रती सधैं आभारी छु । विकास निर्माणका कामहरुमा सबैले साथ दिइराख्नुभएको छ यसको लागि पनि धन्यवाद दिन चाहन्छु । सबै मिलेर वडा नं. ६ लाई विकास गर्नुपर्छ । अब वर्षाको समय सुरु भइसकेकाले सबैले आआफ्नो ख्याल गर्नुहोला भन्न चाहन्छु । म जनप्रतिनिधिका रुपमा आफ्नो काम, कर्तव्यबाट पछि नहटी सधैं जनताको लागि डटिरहने कुरामा प्रतिबद्ध छु ।

ताजा खबर

तालमा डुबेर एक जनाको मृत्यु

सेलेना गोमेज बनिन् कान्छी अर्बपति

यी हुन् तातोपानी पिउनुका बेफाइदा

शरीरमा पानीको कमी हुँदा के हुन्छ ?

amazed