शेयेर गर्नुहोस
धनगढी । कैलालीको धनगढीमा अनैतिक क्रियाकलापमा संलग्न दुई जोडी पक्राउ परेका छन । धनगढी उप–महानगरपालिका–७ मनेहराको एक होटलबाट २ महिला र २ पुरुष पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–१ का ४५ वर्षीय पुरुष, कञ्चनपुरको भीमदत्त नगरपालिका–१० का ३२ वर्षीय पुरुष, बाजुराकी २१ वर्षीय महिला र धनगढी उपमहानगरपालिका–१८ की १८ वर्षीया महिला रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीले पक्राउ पर्ने र होटलको नाम भने सार्वजनिक गरेको छैन । पक्राउ परेकालाई आवश्यक कारवाहीको जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको छ ।















