कैलालीमा बढीले पाँच सय भन्दा बढी घर डुबायो

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा बाढीले पाँच सय भन्दा बढी घर डुबाएको छ । जिल्लामा दुई दिनसम्म परेको अविरल वर्षाका कारण पाँच सय भन्दा बढी घर डुबाएको हो । कैलारी गाउँपालिका र भजनी नगरपालिकाका घरहरूमा बाढीले बढी क्षति गरेको हो ।

जिल्लामा वर्षाको पानीका कारण एक हजार सात सय जना प्रभावित भएका छन्। उनीहरू घरको माथिल्लो तला, विद्यालय र वडा कार्यालयहरूमा बसेका जिल्ला प्रशासन कार्यालय, कैलालीले बताएको छ।

बुधवारदेखि अविरल परिरहेको वर्षाले कैललाीका सबै खोला, नाला, नदीमा पानीको सतह बढेपछि आएको बाढी हालसम्म घटेको छैन। बाढीले कैलारी गाउँपालिका, भजनी नगरपालिका, र गौरीगंगा नगरपालिकाको अधिकांश क्षेत्र डुबानमा परेको छ। गएराति तीन घण्टासम्म पनि कैलालीको विभिन्न स्थानमा भारी वर्षा भएपछि जनजीवन थप कष्टकर बनेको छ। डुबान प्रभावित क्षेत्रका स्थानीयमा रातभरि बिचल्ली भएको बताइएको छ।

भजनी नगरपालिकामा सबैभन्दा बढी ४ सय बढी घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। कैलारी गाउँपालिकाको केही घर डुबान परेका छन्। कैलारी– ५ का डुबान प्रभावित केही परिवारलाई वडा कार्यालयमा सारिएको जनाइएको छ।

यसैबिच बुधवार कैलारी गाउँपालिका ५ बैजपुरमा घरमा पानी पसेपछि निस्कने क्रममा ४२ वर्षीय लोकमाया चौधरीलाई बाढी बगाएको थियो । उनको उद्धारपछि धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *