शेयेर गर्नुहोस
टीकापुर । कञ्चनपुर जिल्लामा प्रहरीले भारतबाट भित्र्याएको १ लाख बढीका अबैध सामान बरामद गरेको छ ।
जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ११ बाट अबैंध रुपमा भित्र्याएको १ लाख ६ हजार ८ सय मूल्य बराबरको सामान बरामद गरेको हो ।
जुत्ता, चप्पल, जुत्ती, धोती, कुर्ती, सुट, थान कपडा, डोपट्टा, चुडी, फलामको जक्सन, साईकलको सामान, किरानाको सामान, हार्डबेयरको सामान लगायतका सामान इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी गस्ती टोलीले बरामद गरी भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको जनाइएको छ ।