बैतडीमा टेलिकमको टावरमा तोडफोड

शेयेर गर्नुहोस

बैतडी । बैतडीको सिगास गाउँपालिका–१ जुकेपानीमा रहेको नेपाल टेलिकमको टावरमा तोडफोड गरिएको छ ।

टावर तोडफोड गरिएको अवस्थामा बैङ्कका कर्मचारीले देखेका हुन् । कृषि विकास बैङ्कमा भदौ १५ गतेबाट इन्टरनेट नचलेपछि बैङ्कका कर्मचारी टावर हेर्न जाँदा टावरमा राखिएको बैङ्कको सर्भर उपकरण समेत तोडफोड गरिएको अवस्थामा भेटिएको थियो ।

प्रहरी टोली घटनास्थल गएको र थप अनुसन्धान थालिने जिल्ला प्रहरी कार्यालय बैतडीका इन्सपेक्टर खेमविक्रम केसीले बताए । प्रहरीले तोडफोड व्यक्ति वा समूह कसले गरेको हो भन्ने एकीन हुन नसकेको जनाएको छ ।

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *